Monday, July 24, 2017

नाता तोडिन्छ यहाँ, गरिब जानेर - The Poor don't have the HEART


गजल - नाता तोडिन्छ यहाँ, गरिब जानेर 

भेट्न गएँ गुलाफको फूल बोकेर,
तर काडाले प्रहार गर्दा फर्के रोएर,
प्रेममा त दिल ठूलो, छुवाछुत हुन्न,
मुटु साँटिन्छ यहाँ, जात र थर हेरेर,
कृतिम संसारमा रम्नेको नै भीड छ,
प्रिति गाँसिन्छ यहाँ, रूप रंग देखेर,
प्रेमलाई धनको तराजुमा तौलिन्छ रे,
प्रेमी छाँनिन्छ यहाँ, सम्पत्ति चाखेर,
धनाढ्यसँग मात्र प्रेम-हृदय हुन्छ रे,
नाता तोडिन्छ यहाँ, गरिब जानेर,

Like This Ghajal: Creator & Creation:

Onic Agyat, Kathmandu
- २०७२-८-२६ (2015, December 12)
Jiwan Yatrama (Facebook Page)



यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close