Monday, July 24, 2017

मेरी छोरी मेरो प्रेम - My Daughter My Love


@@ शिर्षक - मेरी छोरी मेरो प्रेम @@
-----------------------------------------
आँखाको नानी, जीवनको किरण तिमी नै हौ
तिमी नै चन्द्र र सूर्य मेरो, पृथ्वी तिमी नै हौ
तिमी सुखको खजाना मेरो, धन तिमी नै हौ
तिमी मुटुको धडकन मेरो, साँस तिमी नै हौ
तिमी उज्यालो जून मेरो, हाँसो तिमी नै हौ
तिमी चम्किलो तारा मेरो, नभ तिमी नै हौ
तिमी परिवारको सुख, शान्ति तिमी नै हौ
तिमी जीवनको साहारा, आमा तिमी नै हौ
तिमी बाँच्ने आधार, सम्पन्नता तिमी नै हौ
तिमी नै धर्म मेरो, धार्मिकता तिमी नै हौ
तिमी मठ मन्दिर मेरो, ईश्वर तिमी नै हौ
तिमी नै पहिलो माया, अन्तिम तिमी नै हौ
तिमी मेरो बल र बुद्धि, संसार तिमी नै हौ
मेरी छोरी मेरो प्रेम, सफलता तिमी नै हौ
--------------
नभ - आकाश
--------------
Like This Geet:
Creation & Creator:

- Onic Agyat, Kathmandu
- २०७२-८-१७ (2015, December 03)
- Jiwan Yatrama (Facebook Page) बाट



यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close