Wednesday, July 26, 2017

महिलाको बच्चा हुने र नहुने यस्ता छन कारण, “समयमै बच्चा पाए राम्रो”


जब महिलाको उमेर ढल्किँदै जान्छ, सन्तानको सम्भावना पनि घट्दै जान्छ । ब्रिटिस प्रिग्नेन्सी एडभाइजरी सर्भिसको एक अध्ययनअनुसार दुई तिहाइ महिलालाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारण गर्भधारणको साइत नै जुरेको छैन । करिअर, अध्ययन आदिका कारण ढिलो सन्तान जन्माउने योजनामा रहेका महिलालाई विज्ञहरुले उर्वरता जोगाउने विषयमा केही टिप्स दिएका छन् ।

महिलाको उर्वरतासम्बन्धी एक तिहाइ समस्या एसटिडी अर्थात् यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अण्डालाई पाठेघरसम्म पु¥याउने ट्युबलाई रोकिदिन्छ ।

तसर्थ, आफ्नो श्रीमान्सँग मात्र शारीरिक सम्पर्क गर्दा पनि यौनजन्य रोग लाग्ने भएकाले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपर्छ । नियमित परीक्षण गर्नुभयो भने तपाईंको समस्या थप जटिल हुने सम्भावना न्यून हुन्छ । धूमपानकै कारण संसारमा १३ प्रतिशत महिला निसन्तान र साबिकभन्दा १० वर्ष बढी बूढी देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउँदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धूमपान नगर्नेको तुलनामा गर्ने महिलामा ३० प्रतिशत बढी निसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई तीन वर्षभन्दा बढी समय लाग्छ ।

धूमपानले अण्डा उत्पादनमा नकारात्मक प्रभाव पार्छ । धूमपानको असरले महिलाको अण्डा निष्कासन गर्न बाधा पु¥याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धूमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअगाडि नै बन्द हुन्छ । शरीरको फ्याटलाई सदैव सन्तुलित राख्नुहोस् । धेरै बढी पनि होइन, कम पनि होइन । कम तौल र न्यून तौल दुवै समस्याले बाँझोपनको समस्या ल्याउँछ । आफूलाई मनपर्ने व्यायाम गर्नुहोस र पोषणमा पनि ध्यान दिनुहोस् । परिष्कृत वा परिमार्जित खाना र ज्यादा चिनी सम्भव भएसम्म नखानुहोस् ।

खानालाई सकेसम्म प्राकृतिक अवस्थामै खानुहोस् । मोटा महिलाको सेक्स हर्मोन दबिने हुँदा उर्वरतामा समस्या आउन सक्छ । त्यस्तै न्यून फ्याट भएमा पनि अण्डा निष्कासन प्रक्रियामा असर हुन्छ । त्यसैले भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, पर्याप्त सागपात र गेडागुडी खानुहोस् ।  मदिरा पिउने लत छ भने तत्कालै त्यागिदिनुहोस् । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ । किशोरी अवस्थामा पर्याप्त पिउनुभएको छ भने मासिक धर्मको प्रक्रियामा समेत प्रभाव पार्छ ।

तपार्इंको शरीर र मासिक धर्मको चक्रलाई राम्रोसँग बुझ्नुहोस् । नियमित मासिक धर्मको चक्र महिला उर्वरताको शारीरिक वास्तविकता हो ।यही चक्रलाई बुझेर नै महिलाको सामान्य स्वास्थ्य अवस्था र उर्वरताबारे बुझ्न सकिन्छ । तपार्इंको पारिवारिक इतिहास विशेष गरी आमाको गाइनोलोजी र मासिक धर्मबारे बुझ्नुहोस् । यदि तपाईंकी आमाको ४५ वर्षसम्म मासिक धर्म भएको थियो भने तपार्इंको उर्वरता पनि त्यति समयसम्म हुने सम्भावना हुन्छ । आमामा मिसक्यारियज भएको वा त्यस्तै अन्य समस्या भएको थियो भने तपाईंमा पनि हुन सक्छ ।  स्रोत : स्वास्थ्य खबर पत्रिका

यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close