Monday, July 24, 2017

सलमानको फिटनेश फर्मुला


बलिउडमा बलिष्ठ ज्यान भएका सबैभन्दा ह्यान्डसम अभिनेतामा गनिन्छन्, सलमान खान । बाइसेप्स, ट्राइसेप्स र एब्सको सदाबहार भव्य साइजमा उनलाई बलिउडका अन्य अभिनेताभन्दा माथि मानिन्छ।


शरीरको स्याहारसम्भारमा सलमानले विशेष ध्यान दिने गरेका छन् । उनी हरेक दिन व्यायाम र जिम गर्छन् । साथै, बाहै्रमास जगिङ पनि गर्छन् । जस्तोसुकै खराब मौसममा पनि उनी जगिङ गर्नबाट चुक्दैनन्। 

दिनहुँ करिब दुई घण्टा व्यायाम र जिम गर्ने उनी त्यतिबेला कसैलाई भेट्दैनन् । व्यायाम गर्दा ट्राइसेप, लेग, ब्याक र बाइसेपका मांसपेशीमा राम्रोसँग कसरत पुगोस् भन्नेमा उनी सचेत हुन्छन् । 


सेट–अप्स, पुल–अप्स, चिन–अप्स उनी हरेक दिन करिब पाँच सय पटक गर्छन् । व्यायाम र जगिङबाट शरीरलाई आवश्यक कसरत पुगेनजस्तो लाग्यो भने उनी साइकल कुदाउन निस्किन्छन् । यसरी साइकलिङमा निस्किँदा उनले १० किलोमिटरसम्म साइकल कुदाउँछन् । जंक फुडदेखि सलमान हमेशा टाढै बस्छन् । सन्तुलित आहारमा पनि त्यति नै ध्यान दिन्छन् । हरेक दिन उनको खानामा मासु, फलफूल र हरियो सागसब्जी अनिवार्य रूपमा हुन्छ । गुलियो खानेकुरा भरसक खाँदैनन् र आफूसँग फिटनेस टिप्स माग्न आउनेलाई पनि गुलियो नखाने सल्लाह दिन्छन् । सुगरभन्दा पनि प्रोटिनजन्य खानेकुरामा जोड दिनुपर्छ भन्ने उनको मान्यता छ । 
स्वास्थ्य खबर पत्रिकाबाट साभार ।
यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close