Saturday, July 29, 2017

स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्या तीन पुग्यो, ग्रान्डीमा थप एकको मृत्यु


फाइल तस्बिर

काठमाडौं– स्वाइन फ्लुको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।  ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा चार दिनदेखि उपचाररत पोखराका २९ वर्षीय कमल विकको मृत्यु भएको हो । उनीसहित स्वाइन फ्लुबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि गत साता ग्रान्डीमै उपचारका लागि पुगेका दुई जनाको अन्तिम अवस्थामा शिक्षण अस्पताल रिफरपछि मृत्यु भएको थियो।

ग्रान्डी अस्पतालको आइसियूमा समेत कार्यरत त्रिवि शिक्षण अस्पतालका आइसियू विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार, स्वाइन फ्लुग्रस्त अन्य तीन जनाको ग्रान्डीमा उपचार भइरहेको छ। एक सातायता काठमाडौंसहित देशका विभिन्न भागमा कडा खालको स्वाइन फ्लुको संक्रमण बढेको छ।

राजधानीका विभिन्न अस्पतालका आइसियूमा भाइरल निमोनियाका बिरामी उपचाररत रहेको शिक्षण अस्पतालका आइसियू विभाग प्रमुख डा. आचार्य बताउँछन् ।

‘भाइरल निमोनियाका कारण अस्पताल आएका बिरामीको ल्याब परीक्षण गर्दा स्वाइन फ्लु देखिने गरेको छ’, उनले भने ।

डा. आचार्यले अस्पतालमा भर्ना भइसकेका बिरामी समेत जोगाउन नसकिएको उल्लेख गर्दै संक्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले स्वाइन फ्लु विरुद्धको भ्याक्सिन लगाउन सल्लाह दिएका छन्।

स्वाइन फ्लुको संक्रमणबाट यसरी सर्वसाधारणको मृत्यु भइरहे पनि सरकारले अहिलेसम्म कुनै पहल गरेको देखिँदैन । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले आफू विदेशको कार्यक्रमबाट भर्खरै फर्केकाले यसबारे जानकारी पाइनसकेको बताए।

खोकी लागिरहने, घाँटी खसखसाउने, लामो समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु हुनसक्ने भएकाले यस्ता लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकहरु बताउँछन्।

स्वाइन फ्लु एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन–पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लुको शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सुझाइएको छ।
श्रोत- स्वास्थ्य खबरपत्रिका
यो च्यानललाइ एकचोटी अवश्य नै भिजिट गर्नु होला । तलको तस्वीरमा  click गर्नु होला । Tech Video हरू ह्रर्न  लाइ  यो च्यानललाइ अवश्य नै  Subscribe गर्नु होला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close