Sunday, November 29, 2020

फेसबुक म्यासेन्जरमा तपाईंले गरेको कुराकानी लिक हुन सक्ने



हामी कतिपय अवस्थामा टेलिकम सेवा प्रदायक र सरकारले मोबाइलमा हुने हाम्रो कुराकानी सुनिरहेको हुन्छ भनेर ठट्टा गरिरहेका हुन्छौं । तर, त्यो सत्य होइन नै भन्दा फरक पर्दैन । किनभने कुनै पनि व्यक्तिले गरेको कुराकानी सरकारले पनि कुनै विशेष अवस्थामा बाहेक सुन्न पाउने कानुनी प्रावधान छैन ।

तर, यहाँ त तपाईंले फेसबुक म्यासेन्जरमा गरिरहनु भएको कुराकानी अर्काले सुन्न सक्ने समस्या फेला परेको छ । यो फेसबुक म्यासेन्जरमा देखिएको समस्या हो । फेसबुक म्यासेन्जरमा देखिएको यो बगबारे गुगल प्रोजेक्ट रिसर्चर न्याट्ली स्लिभानोभिचले अघिल्लो महिना पत्ता लगाएका हुन् । उनका अनुसार यो समस्या एन्ड्रोइड फोन प्रयोगकर्तामा देखिएको छ ।

यसका लागि ह्याकरले प्रयोगतर्कालाई फोन कल गर्छ र उक्त फोन कलसँगै उसले नदेखिने म्यासेज पठाउँछ । उक्त कल तपाईंले नउठाउँदा पनि उसले म्यासेज छाड्न सक्छ । उक्त म्यासेजमार्फत ह्याकरले त्यसपछिका दिनमा हुने कललाई सहजै सुन्न सक्ने जनाइएको छ ।

तर, धन्य यो छ कि प्रयोगकर्ता र ह्याकर दुवैले एन्ड्रोइड फोनमार्फत म्यासेन्जर लगइन गरेको हुनुपर्नेछ । सँगै प्रयोगतर्काको हकमा उसले वेब भसर्नमा पनि म्यासेन्जर लगइन गरेको हुनुपर्नेछ । त्योभन्दा पनि महत्वपूर्ण कुरा ह्याकरले कल गर्ने भएकाले ह्याकर र प्रयोगकर्ता यसअघि नै साथी हुनुपर्नेछ ।

टेकपानाबाट

Easy Online Shopping in Nepal


Easy Online Shopping in Nepal


No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close