Tuesday, August 1, 2017

के तपाइको मोबाइल Hang हुन्छ ? सरल तरिका अपनाउँनुहोस् । How To Solve Mobile Hanging Problem ?


यदि तपाइको मोबाइल ह्यांंग हुन्छ भन्ने हेर्नु होस् कारणहरू:
मोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् ।

प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई  ख्याल गर्नु भयो भने तपाईँले ह्याङ हुने तनाब कम गर्न सक्नुहुन्छ ।

१. धेरै एप्सहरु खुलै रहनु

हामीले स्मार्टफोनमा कुनै एप्स खोलेर ब्याक गर्छौ भने त्यो बेलामा एप्स बन्द भएको होइन मिनिमाइज भएको हुन्छ । यस्तो अवस्थामा त्यो एप्स मोवाइलको ब्याकग्राउण्डमा भने चलिरहेको हुन्छ । यसरी ब्याकग्राउण्डमा एप्स चलिरहँदा यसले मोवाइलको र्‍याम लिइरहेको हुन्छ ।  तपाई इन्टरनेटसंग जोडिनु भयो भने ति एप्सहरुले आफूलाई चाहिने अपडेटहरु पहिला लिन्छन् । त्यसैले कुनै पनि एप्स चलाएपछि मोवाइलको नेभिगेसन किवाट उक्त एप्सलाई बन्द गर्ने बानी बसाल्नु पर्छ ।

२. क्यासेस बढी हुनु
स्मार्टफोनवाट इन्टरनेट धेरै चलाउने प्रयोगकर्ताहरूको  स्लो हुने समस्या देखिन्छ । इन्टरनेटका कुनै पनि पेज हेरेपछि फेरी हेर्न सजिलो होस् भनेर ति पेजका क्यास र टेम्पोररी फाइलहरू सेट भित्रै  बस्छन् । यसरी लगातार चलाईरहदा त्यसले बढी मेमोरी खान्छ र मोवाइललाई स्लो बनाउँछ । क्यासेस वा टेम्पोररी फाइल हटाउने एप्सहरु पनि पाइन्छन । आफै सेटिङमा गएर वा व्राउजरमै गएर पनि हटाउन सकिन्छ ।

३. थर्ड पार्टीको सफ्टवेयर प्रयोग
एन्डोइड वा आइओसले आधिकारिक ठानेका एप्सहरु मात्र इन्टल गर्नु राम्रो हो । कतिपयले थर्ड पार्टी ल्याएको एप्सहरु राख्नाले त्यस्ता एप्सले अरु एप्सहरुलाई पनि असर गर्ने गर्छ । त्यसैले एण्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र आईफोनका प्रयोगकर्ताले एप स्टोरबाट एप्सहरु इन्स्टल गर्नु पर्दछ ।

४. स्टोरेज कम हुनु
स्मार्टफोनमा दुई किसिमको स्टोरेज प्रयोग भएको हुन्छ । एउटा सेटमै भएको इन्टरनल र अर्को छुट्टै थप्ने  एक्सर्टनल । यदी हामीले एक्सर्टनल स्टोरेज (मेमोरी कार्ड) राख्दैनौ भने हामीले खिचेको फोटो, भिडियो, एप्सहरु सबै इन्टरनलमा राख्नुपर्ने हुन्छ । जसको कारण भरिएपछि मोबाइल ह्यांग हुनथाल्छ । त्यसैले सेटको क्षमता अनुसार एक्सर्टनल स्टोरेज राखेर फोटो, भिडियो, एप्स लगायत बढी साइज लिने फाइलहरूलाई त्यसमा राख्ने गर्नु पर्छ ।

५. आफै एप्स इन्टल हुनु
एप्स डाउनलोड गर्दा कहिले काँही नचाहिने एप्सहरु पनि सोही एप्सहरुसंग मिसिएर इन्स्टल हुन सक्छ । कहिलेकाँही वेवसाइट वा एप्समा आउने जुन पायो त्यही विज्ञापन थिच्दा पनि यस्तो हुन सक्छ । यसरी आएका एप्सहरु देखिदैनन् तर यसले मोवाइललाई स्लो  बनाउन भुमिका केलिरहेका हुन्छन् ।

६. बेलाबेलामा फोनलाई रिस्टार्ट गरौं
हामीले हत्तपत्त मोबाइललाई स्विच अफ गर्दैनौ । लगातार स्विच अफ नभएर लामो समयसम्म काम गरिरहँदा पनि मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले कमसेकम हप्ताको एक पटक मोवाइल फोन अफ गरेर त्यसको ब्याट्रि र मेमोरी कार्डलाई झिकेर फेरी राखेर रिस्टार्ट गर्दा स्लो हुने समस्या केही घट्न सक्छ ।

७. अनावश्यक एप्सहरु हटाऔं
हामी कतिपय आफ्नो सेटमा कमै चलाउने एप्सहरु इन्स्टल गरेर राख्छौं । आफुलाई नचाहिने र कमै चलाउने यस्ता एप्सहरुले फोनको स्टोरेज र र्‍याम दुबै ओगटेर बसेको हुन्छ । त्यसैले आफुले नचलाउने एप्सहरुलाई पहिला हटाउनु होस् । यदी दुबै एप्सको काम एकै किसिमको छ भने एउटा मात्र राख्नुस् । यस्तो कार्यले थोरै एप्सवाट पनि तपाईले धेरै काम गर्न सक्नुहुन्छ ।

८. सहि चार्जरको छनोट
मोबाइललाई जुन पायो त्यही चार्जरले चार्ज गर्ने गर्नु हुदैंन । यस्तो कार्यले गर्दा मोवाइलको ब्याट्री क्षमतालाई क्षीण गर्दै लैजान्छ । जसको असर मोबाइलमा पनि पर्छ र मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले सधै आफ्नो मोबाइल सेटमा आएको कम्पनीकै चार्जरवाट मोबाइल फोन चार्ज गर्नु राम्रो ।
कलिक मन्डुबाट साभार ।

थप जानकारी लिनको लागि तलको भिडियो अवश्य नै हेर्नु होला ।

यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close