Wednesday, July 26, 2017

यी हुन् कांग्रेसका १० मन्‍त्री, प्रचण्डलाई हराउन

रामकृष्ण यादवः पहिलो संविधान सभा निर्वाचनमा धनुषा २ बाट निर्वाचित रामकृष्ण यादव सार्वजनिक लेखा समितिको पूर्व सभापति हुन्। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका यादव पार्टीभित्र शालिन नेताका रुपमा चिनिन्छन्। पार्टीभित्र यादव रामचन्द्र पौडेल निकट मानिन्छन्।


कांग्रेसबाट मन्त्री बन्नेहरु
राजन केसीः दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेर एकाएक चर्चामा आएका नेता हुन्, राजन केसी। कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति केसी पार्टीभित्र प्रकाशमान सिंहका विश्वास पात्रका रुपमा चिनिन्छन्। पूर्वमहामन्त्री प्रकाशमानकै जोडबलमा उनी मन्त्री बन्न सफल भएका हुन्।

यज्ञबहादुर थापाः यज्ञबहादुर थापा कास्की क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्। पार्टीभित्र पौडल पक्षधर मानिने थापा पूर्वजिल्ला सभापति हुन्। केन्द्रीय राजनीतिमा उनलाई कमैले चिन्छन्।
सञ्जय गौतमः बर्दिया क्षेत्र नं. २ बाट निर्वाचित सांसद गौतम अहिले पार्टी जिल्ला सभापति समेत हुन्। राष्ट्रिय राजनीतिमा कम चर्चामा रहेपनि जिल्लामा भने उनी राम्रो पकड भएका नेता हुन्। उनी पनि पार्टीभित्र पौडेल पक्षधर नेताका रुपमा चिनिन्छन्। उनी पौडेलको कोटाबाट नै मन्त्री बनेका हुन्।

मीन विश्वकर्माः कम्युनिष्ट राजनीतिक पृष्ठभूमीका विश्वकर्मा वि.सं. २०४८ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसमा भित्रिएका हुन्। सुनसरी धरानका उनी स्पष्ट वक्ता, अध्ययानशील नेताका रुपमा पार्टीभित्र र बाहिर चिनिन्छन्। पार्टीमा देउवा समुहमा रहेका विश्वकर्मा समानुपातिक सांसद हुन्। उनी केन्द्रीय सदस्य समेत हुन्।

अर्जुन जोशीः पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुन जोशी पर्वत क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्। पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित जोशी देउवा निकट नेता हुन्। विगतमा फरक गुटमा रहेका जोशी १३ औं महाधिवेशनमा देउवा गुटमा प्रवेश गरेका थिए। महाधिवेशनमा पराजित भएका जोशीलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
बीरबहादुर बलायर: विसं. २०४६ सालको विद्यार्थी आन्दोलनका एक चर्चित नेता हुन् बीरबहादुर बलायर। त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी आन्दोलनको नेतृत्व गरेका बलायर संविधान सभा दोस्रो निर्वाचनमा डोटी क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्। उनी देउवा निकट नेता हुन्। उनी कांग्रेस केन्द्रीय सदस्य समेत हुन्।

अम्बिका बस्नेतः नेपाल महिला संघको पूर्व अध्यक्ष बस्नेत काठमाडौंबाट समानुपातिक सांसद हुन्। कांग्रेस केन्द्रीय सदस्य बस्नेत देउवा निकट नेतृ हुन्।
मोहनबहादुर बस्नेतः तीन पटक सिन्धुपाल्चोक जिल्लाको पार्टी सभापति रहेका बस्नेत कांग्रेस केन्द्रीय सदस्य समेत हुन्। पूर्व स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी निडर र खरो बोल्ने नेताका रुपमा चिनिन्छन्। उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्। बस्नेत पार्टीभित्र खुमबहादुर खड्का निकट नेता मानिन्छन्। खड्काकै कोटामा उनी अहिले मन्त्री बनेका हुन्।

भीमसेन दास प्रधानः प्राध्यापन पेशा छोडेर पूर्णकालीन राजनीतिमा आएका प्रधान कांग्रेस काठमाडौं जिल्लाका पूर्व सभापति हुन्। काठमाडौंको राजनीतिमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसंग फरक मत राख्ने उनी अर्का पूर्वमहामन्त्री कृष्ण सिटौला निकट नेता हुन्। सिटौला समूहबाट पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेका उनी पराजित भएका थिए। उनी काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित सांसद हुन्। साभार अन्नपुर्ण पोस्ट बाट

यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close