Wednesday, July 19, 2017

नेपाल टेलिकमको ल्यान्डलाइनका पूरक सेवा नि:शुल्क


श्रावण ४, २०७४- नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन (पीएसटीएन) सेवाका विभिन्न पूरक सेवाहरू लिँदा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिँदा पहिले केही शुल्क लाग्दै आएकामा साउन १ देखि ती सुविधा नि:शुल्क रूपमा उपलब्ध गराउन थालिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार ल्यान्डलाइन टेलिफोनमा कसैले कल गरेकामा कलरको नम्बर देखिने सुविधा (कलर आईडी) लिनका लागि सुरुमा शुल्क लाग्दै आएकामा अब यो नि:शुल्क भएको छ । यसैगरी आईएसडी सेवा आफैंले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी सोही दुई अंक थिची नम्बर डायल गर्न सकिने र एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने कल ट्रान्फर सुविधा पनि नि:शुल्क गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा भित्रियो हाइगर मिनी बस

आक्र्स ग्रुपले चिनियाँ कम्पनी हाइगर बसद्वारा निर्मित २७ सिट क्षमता भएको हाइगर मिनी बस नेपाली बजारमा भित्र्याएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजधानीमा आयोजित कार्यक्रममा उक्त मिनी बसको शुभारम्भ गरेको कम्पनीले जनाएको छ । नेपाल भित्र्याइएका मिनी बसमा ए/सी हिटर, वाइफाई, रेफ्रिजेरेटर, टीभी, साइड लगेज, लक्जरी सिटलगायतका सुविधा रहेको जारी विज्ञप्तिमा उल्लेख छ । 
कान्तिपुर पोस्टबाट साभार ।
यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close