Sunday, July 23, 2017

तिमी सधै जित, म त हार्छु - You always win, I am always your support.


कविता: तिमी सधै जित, म त हार्छु
१.
लैजाउ मेरा सारा खुशिहरू,
बाँच सुख र शयल भित्र,
सजाउ सपनाका रंगीन भित्ताहरू,
नाँच कम्मर भाँची, महल भित्र,
२.
दुखको नशामा आनन्द पाउँदछु,
यसलाई त्याग्न अब कठिन छ,
आँसु र दुखाइलाई गहना मान्दछु,
तिम्रो भन्दा, मेरो मन-मुटु फरक छ,
३.
कृतिम हाँसोले पोल्दछ मलाई,
पीडाको संसार नै हो मेरो रोजाई,
अस्रु-धाराको रेतमा पौडी खेल्ने बानी,
दुखाग्निको काँखमा मेरो बसाई,
४.
तिमी सधै जित, म त हार्छु,
संसारलाई तिम्रै पक्षमा पार्छु,
तिमी सफलताको शिखर चुम,
म सदैव भरयांङ बनेर बस्छु,
समाप्त
Like This Poem:
Creator & Creation:

- Onic Agyat, Kathmandu
- २०७२-११-२3 (2016, March 6)

यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close