Tuesday, August 8, 2017

भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू


काठमाडौं: भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा पनि लागू भएको छ। क्यासवे मनि 
ट्रान्सफर मार्फत अब नेपालमा वा विदेशमा रहेको नेपालीले भाइबर आउट एकाउण्टलाई रिचार्ज गर्न सक्ने भएका छन्।
भाइबर मैसेजिङ एप्स फोनकल सुविधायुक्त विश्वकै एक अग्रणी मैसेजिङ एप्स् हो। हाल भाइबरको विश्वभर आठ सय मिलियन प्रयोगकर्ता रहेका छन।नेपालमा मात्रै यसको प्रयोगकर्ता ४५ लाख रहेको कम्पनीले जनाएको छ।
भाइबर आउटमार्फत प्रयोकर्ताले विश्वभर मोबाइल वा ल्याण्डलाइन फोनमा कल गर्ने सक्नेछन्। प्रयोगकर्ताले आफूसँग भएको मोवाईल नम्बरलाई नै प्रयोगमा ल्याउन सक्नेछन्।
यसबाट रोमिङको झन्झट हट्ने विश्वास कम्पनीले लिएको छ भने देशभित्र वा देश बाहिर भ्रमणमा निस्कँदा स्थानीय सिम प्रयोग गर्नैपर्ने बाध्यता समेत कम हुनेछ।
यो सेवा सूरु भएसँगै नेपाली भाइबर प्रयोगकर्ताले आफन्तलाई आइएसडि सेवाको प्रयोग बिना नै उनीको ल्याण्डलाइन वा मोबाइल फोनमा कल गर्न सक्नेछन्। प्रयोगकर्ताले नेपालमा वा विदेशमा रहेको क्यासवे मनि ट्रान्सफरमार्फत भाइबर आउट एकाउण्टलाई रिचार्ज गर्न सक्नेछन्।
यसका लागि क्यासवे र भाइव बिच सम्झौता भएको छ। क्यासवे मनिट्रान्सफर नेपालका सिइओ शैलेन्द्र उपाध्यायले क्यासवे मनि ट्रान्सफरले पैसा स्थानान्तरणको अलावा अगामी दिनमा भाइबर आउट जस्तै नवीन सोचका सेवा पनि सुचारु गर्ने बताए।
उनले भाइबरसँग काम गर्न अत्यन्त उत्साहित रहेको र हरेक दिन लाखौं प्रयोगकर्तालाई उनीहरुका आफन्तजनसँगको सामिप्यता दिलाउन हामी लालायित भएको उल्लेख गरेका छन्।
श्रोत-अन्नपुर्ण पोस्ट

यो च्यानललाइ सब्सक्राइब गर्न नबिर्सिनुहोला । तल YouTube Button मा Click गर्नुहोला ।

3 comments:

Visit Onic Computer For Latest Nepali Tech Videos

close